काठमाडौं । ड्यूटीमा खटिएका ट्राफिक प्रहरीहरुलाई आम सर्वसाधारणहरुलाई नमस्कार गरेर सम्बोधन गर्न भनिएको छ ।
काठमाडौं उपत्यकामा खटिने ट्राफिक प्रहरीलाई ड्यूटीको समयमा नमस्कारगरी सम्बोधन गर्न सर्कुलर गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सबै ट्राफिक प्रहरीहरूलाई अबदेखि नागरिकलाई सम्बोधन गर्दा नमस्कार गर्न भनेर मंगलबार सर्कुलर गरेको हो ।
ड्यूटीमा रहेका बेला नागरिकहरुसँग हात मिलाउँदा असोभनीय देखिएको भन्दै नमस्कार मात्र गर्न भनिएको हो ।
‘सडकमा ड्युटीमा खटिँदा नागरिकसँग हात मिलाउँदा अशोभनीय देखियो । नागरिकलाई आदर सम्मान गर्नुपर्ने भनेर नमस्कार गरी सम्बोधन गर्नु,’ भनिएको छ ।
यो सर्कुलर काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका हकमा लागु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया