चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ सदस्यीय केन्द्रीय समितिका लागि ४ सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मनोनयन दर्ता प्रक्रिया रातिसम्म जारी रहेकाले उम्मेदवारको यकिन संख्या निकाल्ने काम भइरहेको छ ।
उनले चार सयभन्दा बढी उम्मेदवारी परेको जानकारी दिँदै आज बिहान ९ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिने बताए ।
रास्वपाले निर्वाचित हुने ९९ जना केन्द्रीय सदस्यबाट नै पदाधिकारी चयन गर्ने व्यवस्था गरेको छ। पदाधिकारी चयन प्रक्रिया भने दोस्रो चरणमा सञ्चालन हुनेछ ।
निर्वाचनका लागि विद्युतीय मतदान प्रणाली प्रयोग गरिने आयोगले जनाएको छ । विदेशमा रहेका प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदान गर्न सक्ने व्यवस्था गरिएको छ ।
पार्टीका करिब चार हजार प्रतिनिधिले मतदान गर्ने अनुमान गरिएको छ । निर्वाचन प्रक्रियासँगै रास्वपाको नयाँ नेतृत्व चयनको तयारी तीव्र बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया