काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्ण सिटौलालाई हटाएकोबारे स्पष्टीकरण दिएका छन् ।
मंगलबार झापामा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले त्यसबारे स्पष्टीकरण दिएका हुन् ।
उनले विधानकै व्यवस्था अनुसार सिटौलालाई दलको नेताबाट हटाइएको बताए ।
‘कृष्ण दाइ मेरो श्रद्धेय नेता हुनुहुन्छ । उहाँले मलाई धेरै कुरा सिकाउनु भएको छ । उहाँप्रति म कृतज्ञ छु । पार्टीको विधानअनुसार भीष्मराज आङदेम्बे दलको नेता छानिएर आइसकेपछि शेरबहादुर देउवाले नेता बनाउनु भएको कृष्ण दाइलाई पहिला, पार्टीको विधानले नयाँ नेता आइसकेपछि नयाँ नेता छान्नैपर्छ भन्छ । प्रमुख सचेतक र सचेतक नयाँ छान्नुभयो ।राष्ट्रियसभाको नेता पनि उहाँले नयाँ छान्नुपर्थ्यो । कृष्ण दाइलाई छाने पनि फेरि निर्णय गरेर छान्नुपर्थ्यो,’ उनले भने ।
सिटौलाको गृह जिल्ला समेत झापामा उनलाई हटाइएको विषयमा अफवाह फैलिएको तर्क गर्दैै गगनले स्पष्टीकरण दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया