काठमाडौं । सोमबार सुर्खेतबाट पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ ।
उनलाई माइक्रोमा हालेर काठमाडौं ल्याइएको हो । पार्टी कार्यक्रमको शिलशिलामा सुर्खेत पुगेका पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले कार्यक्रमस्थलबाटै पक्राउ गरेको थियो ।
सोमबार राती नै पौडेललाई काठमाडौंका लागि हिँडाइएको थियो । पौडेललाई मंगलबार मध्यान्न १२ः१५ बजे आसपास विभागमा पुर्याइएको हो ।
पौडेलको निवासबाट केही कागजात समेत बरामद गरिएको छ । सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा पौडेललाई पक्राउ गरिएको हो ।
पौडेल जेनजी आन्दोलन अघिसम्म केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया