घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
343
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन २ लाख ८८ हजार ७ सयमा कारोबार भएको सुनलआज १६ सयले घटेर २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १४० रुपैयाँले घटेको हो ।

सोमबार ४ हजार ७३० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १४० रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?