अझै सुरु भएन रास्वपा महाधिवेशन बन्दसत्र, परिचयपत्र वितरणमा ढिलाइ

लोकपथ
21
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन ।

प्रतिनिधिहरूलाई आज बिहान ७ बजेदेखि परिचयपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको थियो । तर हाल सम्म पनि वितरण सुरु हुन नसकेको हो ।

यसअघि बन्दसत्र सोमबार बिहान ८स्३० बजे सुरु गर्ने भनिए पनि प्राविधिक कारणले एक दिन ढिला भएको थियो ।

पार्टीका पदाधिकारी तथा नेताहरू अहिले छलफलमा जुटेका छन् । छलफलपछि परिचयपत्र वितरण छिट्टै सुरु हुने बताइएको छ ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार राति छापिएका परिचयपत्रहरू सात प्रदेशमार्फत वितरण गरिनेछ । प्रदेश, समायोजन र प्रवासका प्रतिनिधिका लागि छुट्टाछुट्टै स्थानबाट कार्ड वितरण गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?