काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत बन्दसत्र आज हुने भएको छ। प्रतिनिधिहरूलाई परिचयपत्र (कार्ड) वितरण गर्न बिहान ७ बजेदेखि काम सुरु गरिएको छ ।
बन्दसत्र सोमबार नै सुरु गर्ने योजना थियो । तर प्रतिनिधिहरूको नामावली मिलाउने र परिचयपत्र छाप्ने काम पूरा नभएकाले कार्यक्रम एक दिन पछि सारिएको थियो ।
पार्टीका प्रवक्ता मनिष झाले सबै प्रक्रिया सही ढंगले पूरा गर्न समय लागेको बताए । उनका अनुसार सोमबार साँझदेखि कार्ड वितरण सुरु गरिएको थियो भने आज बिहान प्रदेशअनुसार प्रतिनिधिहरूलाई कार्ड वितरण गरिँदै छ ।
कार्ड वितरण सकिएपछि बन्दसत्र सुरु हुनेछ। बन्दसत्रमा अनुशासन आयोगको प्रतिवेदन, आर्थिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र पार्टी विधानमाथि छलफल तथा अनुमोदन गरिनेछ ।
त्यसपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । महाधिवेशनको अर्को चरणमा निर्वाचन प्रक्रिया सुरु गर्न आवश्यक जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।
महाधिवेशनको उद्घाटन आइतबार चितवनमा भएको थियो। बन्दसत्रका कार्यक्रम उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया