याडेआको ‘किनेस’ विद्युतीय मोटरसाइकल नेपाली बजारमा

लोकपथ
28
Shares

काठमाडौं । विश्वको चर्चित विद्युतीय दुईपाङ्ग्रे ब्राण्ड याडेआले आफ्नो बहुप्रतीक्षित विद्युतीय मोटरसाइकल ‘किनेस’ नेपालमा सार्वजनिक गरेको छ ।

नेपालका लागि याडेआको आधिकारिक वितरक कुजु नेपाल प्रालिमार्फत सोमबार आयोजित एक कार्यक्रममा किनेस सार्वजनिक गरिएको हो ।

किनेसले नेपाली बजारमा उच्च प्रदर्शनयुक्त विद्युतीय मोटरसाइकलको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । दैनिक आवतजावतका लागि मात्र केन्द्रित परम्परागत विद्युतीय दुईपाङ्ग्रे सवारीभन्दा फरक रूपमा यस मोटरसाइकललाई गति, शक्ति, रोमाञ्चक सवारी अनुभव र आकर्षक बनावटलाई प्राथमिकतामा राखेर विकास गरिएको कम्पनीले जनाएको छ ।

आधुनिक प्रविधि, शक्तिशाली क्षमता र स्तरीय अनुभव खोज्ने सवारलाई लक्षित गर्दै किनेस तयार गरिएको कम्पनीले जनाएको छ । किनेसमा ११ किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले ३०० एनएम टर्क शक्ति उत्पादन गर्छ। यसले तीव्र गतिवृद्धि तथा उत्कृष्ट सडक प्रदर्शन सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

मोटरसाइकलले शून्यदेखि ५० किलोमिटर प्रतिघण्टाको गति केवल ३ सेकेन्डमा हासिल गर्न सक्छ भने यसको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यी विशेषताले यसलाई नेपालमा उपलब्ध शक्तिशाली विद्युतीय मोटरसाइकलमध्ये एक बनाएको कम्पनीको भनाइ छ ।

नेपालका विविध भूगोल र उकालो सडकलाई ध्यानमा राखेर निर्माण गरिएको किनेसले २० डिग्रीसम्मको चढाइ सहजै पार गर्न सक्ने बताइएको छ । यसले कठिन सडकमा समेत भरपर्दो सवारी अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

मोटरसाइकलमा ४.६ किलोवाटरघण्टा क्षमताको ब्याट्री जडान गरिएको छ । ब्याट्रीलाई ४० भन्दा बढी सुरक्षा सुविधासहितको स्मार्ट ब्याट्री व्यवस्थापन प्रणालीले सुरक्षित बनाएको कम्पनीले जनाएको छ ।

यसले ब्याट्रीको आयु बढाउनुका साथै सुरक्षित र विश्वसनीय सञ्चालन सुनिश्चित गर्ने बताइएको छ । याडेआ किनेसले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित रेड डट डिजाइन अवार्ड समेत प्राप्त गरिसकेको छ । यसले याडेआको आधुनिक डिजाइन र विद्युतीय प्रविधिप्रतिको प्रतिबद्धता झल्काउने कम्पनीको दाबी छ ।

नेपालमा याडेआ किनेसको अधिकतम खुद्रा मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकिएको छ । उच्च प्रदर्शन, नवीन प्रविधि र स्तरीय सवारी अनुभव खोज्ने ग्राहकका लागि यो आकर्षक विकल्प बन्ने अपेक्षा रहेको कम्पनीको दाबी रहेको छ ।

सन् २००१ मा स्थापना भएको याडेआ विश्वकै अग्रणी विद्युतीय दुईपाङ्ग्रे निर्माता कम्पनी हो । कम्पनीले १५० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो सेवा विस्तार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?