काठमाडौं । आइएमई लिमिटेडले गायक प्रकाश सपूतलाई आफ्नो सांगीतिक दूत (म्युजिकल एम्बासडर) मा नियुक्त गरेको छ । आइतबार आयोजित एक कार्यक्रममार्फत कम्पनीले सपूतलाई औपचारिक रूपमा सार्वजनिक गरेको हो ।
रेमिट्यान्स सेवामार्फत ग्राहकसँगको सम्बन्ध अझ सुदृढ बनाउने उद्देश्यसहित उनलाई आबद्ध गरिएको आइएमई लिमिटेडले जनाएको छ । कम्पनीका अनुसार मौलिक लोक संगीत र सामाजिक चेतनामूलक गीतमार्फत समाजमा प्रभाव छोड्दै आएका सपूतको सहभागिताले अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
गाउँदेखि सहरसम्म तथा विदेशमा रहेका नेपाली समुदायबीच समेत लोकप्रिय रहेका सपूतका गीतहरूले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको भावना र अनुभवलाई उजागर गर्दै आएको बताइएको छ ।
आइएमई लिमिटेडका महाप्रबन्धक बद्री कटवाल ले कार्यक्रममा बोल्दै सपूतका सिर्जनाले समाजको यथार्थ चित्रण गर्ने भएकाले यो सहकार्यले संस्थाको अभियानलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका थिए ।
रेमिट्यान्सले देशको अर्थतन्त्र र सामाजिक जीवनमा खेलेको भूमिकाबारे जनचेतना विस्तार गर्ने उद्देश्य पनि यस सहकार्यको रहेको आइएमई लिमिटेडले जनाएको छ । आइएमई लिमिटेड ले यस पहललाई दीर्घकालीन अभियानको रूपमा अघि बढाउने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया