काठमाडौं । विश्वकप फुटबलको समूह चरणअन्तर्गत दोस्रो खेलमा नवप्रवेशी केपभर्डेले दुईपटकको विश्वविजेता उरुग्वेविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै २-२ को बराबरी खेलेको छ ।
विश्वकपमा पहिलोपटक सहभागिता जनाएको केपभर्डेले अनुभवी उरुग्वेलाई कडा चुनौती दिँदै महत्वपूर्ण एक अंक बटुलेको हो । यसअघि पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको केपभर्डेले यस खेलमार्फत विश्वकप इतिहासमै पहिलो गोल दर्ता गरेको छ ।
खेलमा केपभर्डेका लागि केभिन पियानले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको केहीबेरमै उरुग्वेका मेक्सी अराजाओले ४४औँ मिनेटमा गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए ।
पहिलो हाफको इन्जुरी समयमा अगस्टिन क्यानोबियोले गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा केपभर्डेले पुनः उत्कृष्ट पुनरागमन गर्यो। ६०औँ मिनेटमा हेलियो भरेलोले गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याए ।
त्यसपछि दुवै टोलीले जितका लागि प्रयास गरे पनि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।
यस नतिजासँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्। समूह चरणका दुई खेलपछि केपभर्डे र उरुग्वे दुवैले २–२ अंक जोड्दै अर्को चरण प्रवेशको सम्भावना कायम राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया