हामी ‘एक्सप्रेस वे’मा हिँडेको गाडी हौँ, गन्तव्यमा पुगेर मात्रै रोकिन्छ : बालेन

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ ले आफूहरुले देखाएको सपनामा शंका नगर्न आग्रह गरेका छन् ।

पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

त्यसअघि बोलेका कतिपय नेताहरुले सरकारलाई आफ्नो गतिबारे स्मरण गरेर मात्रै अघि बढ्न आग्रह गरेका थिए ।

त्यसबारे उत्तर दिँदै बालेनले आफूहरु एक्सप्रेस हाइवेमा हिँडेको भन्दै चिन्ता नगर्न आग्रह गरेका थिए ।

‘कतिपय अतिथिहरुले हामीलाई एक्सिलेटर मात्रै दबाउने होइन ब्रेक पनि लगाउने गर्नुपर्छ भन्नुभयो । तर म के भन्न चाहन्छु भने, हामी एक्सप्रेस वेमा हिँडेको गाडी हौँ, हामी गन्तव्यमा नपुगी रोकिँदैनौँ,’ बालेनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?