रास्वपा नेता कार्यकर्तालाई गगनको सुझाव– ‘नेतालाई भगवान नबनाउनुस्, प्रश्न गर्नुस्’

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताहरुलाई नेतृत्वमाथि प्रश्न गर्न सुझाव दिएका छन् ।

आजबाट चितवनमा सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै थापाले सो सुझाव दिएका हुन् ।

‘म यहाँ उपस्थित रास्वपाका साथीहरुलाई आग्रह गर्न चाहन्छु, तपाईँहरु आफ्नो नेतृत्वलाई प्रश्न गर्नुस् । हामीले हाम्रो नेतृत्वलाई कहिले बा बनायौँ, कहिले भगवान बनायौँ, त्यो गल्ती तपाईँहरु त्यो गल्ती नगर्नुहोला, प्रश्न गर्नुहोला,’ उनले भने ।

त्यस्तै उनले रास्वपा आफूहरुको प्रतिष्पर्धी पार्टी भएको तर दुश्मन नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?