काठमाडौं । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारमाथि जनताको ठूलो भरोसा रहेको बताएका छन् ।
चितवनमा रास्वपाको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दैै लिङ्देनले हरेक विचाराधारा बोक्ने जनताले रास्वपालाई मत दिएको बताए ।
उनले आफू र आफ्नो दल राजतन्त्रलाई मूल शिद्धान्त बनाएर हिँडेको बताउँदै आफ्ना दलका कार्यकर्ताले समेत रास्वपालाई समेत भोट हालेको बताए ।
‘अहिले सीके राउतजीले जनमत पार्टीले समेत रास्वपालाई भोट हालेको बताउँनुभएको थियो । हामी राजा चाहिन्छ भनेर हिँडेको दल र व्यक्ति । तर बालेनले राजा ल्याउँछ भनेर राजा चाहिन्छ भन्नेहरुले समेत रास्वपालाई भोट हाले,’ लिङ्देनले भने ।
लामो समयदेखि निराशामा रहेका आम नागरिकहरुले जनतालाई रास्वपालाई भोट दिएर झण्डै दुई तिहाइ शक्ति दिएको बताउँदै त्यसलाई सोचेर काम गर्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया