सुनचाँदीको मूल्यमा सामान्य बृद्धि

लोकपथ
0
Shares

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

अघिल्लो साताको अन्तिम कारोबारको दिन अर्थात शुक्रबार २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेर २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो ।

शुक्रबार ४ हजार ६४० रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले बढेर ४ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?