संविधान र गणतन्त्रको रक्षामा रास्वपा प्रतिबद्ध छ : रवि लामिछाने

लोकपथ
21
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

शनिबार चितवनमा बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले मुलुकमा प्राप्त भएका परिवर्तन र उपलब्धिहरू विगतका संघर्ष, त्याग र बलिदानको परिणाम भएको उल्लेख गरे ।

लामिछानेले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान तथा परिवर्तनका उपलब्धिको सम्मानको आधारमा आफूहरू उभिएको बताउँदै त्यसप्रति गर्व रहेको धारणा व्यक्त गरे । विगतका बलिदानी र संघर्षका कारण नै आज देशलाई फराकिलो दृष्टिकोणबाट हेर्ने अवसर प्राप्त भएको उनको भनाइ थियो ।

उनले लोकतन्त्र र यसका मूल्यमान्यताप्रति आफू तथा पार्टी कहिल्यै विचलित नहुने प्रतिबद्धता दोहोर्‍याए । ‘संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र परिवर्तनका उपलब्धिलाई यहाँसम्म ल्याउन भएका त्याग, बलिदान र संघर्षहरूको सम्मानको जगमा हामी उभिएका छौँ। हामीलाई यसमा गर्व छ,‘उनले भने।

लामिछानेले लोकतान्त्रिक मूल्यमान्यता र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट आफू तथा रास्वपा कहिल्यै विमुख नहुने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?