काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी स्थापनाको प्रारम्भिक संघर्ष सम्झिँदै भावुक भएका छन् ।
रास्वपा केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै लामिछानेले निर्वाचन आयोगमा पार्टी दर्ताका लागि आवश्यक नागरिकता संकलन गर्न निकै कठिन भएको स्मरण गरेका हुन् । उनले पार्टी गठनका क्रममा २१–२२ जना व्यक्तिको नागरिकता जुटाउन समेत ठूलो संघर्ष गर्नुपरेको बताए ।
लामिछानेले रास्वपा आजको अवस्थामा आइपुग्नु आफ्नो मात्रै योगदान नभएको उल्लेख गर्दै पार्टी निर्माणमा नेता, कार्यकर्ता र समर्थक सबैको भूमिका रहेको बताए ।
चार वर्षको यात्रामा पार्टीले विभिन्न उतारचढाव पार गरेको भन्दै उनले रास्वपा अहिले जनताको परीक्षणको चरणमा रहेको बताए । आगामी महाधिवेशनले पार्टीलाई थप व्यवस्थित, वैज्ञानिक र संस्थागत बनाउने विश्वास उनले व्यक्त गरे ।
आफ्नो कार्यकक्षलाई ऐतिहासिक स्थानका रूपमा व्याख्या गर्दै लामिछानेले त्यहीँबाट पार्टीका महत्वपूर्ण निर्णयहरू भएको र आफूलाई पक्राउ गर्न प्रहरी हत्कडीसहित आएको घटना समेत स्मरण गरे ।
उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र परिवर्तनका लागि भएका संघर्षबाट प्राप्त उपलब्धिको जगमा रास्वपा अघि बढिरहेको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया