काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बताएका छन् ।
चितवनमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै लामिछानेले लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट आफूहरू कहिल्यै पछि नहट्ने बताएका हुन् । उनले पार्टीका सदस्यहरूको अधिकार सुरक्षित हुनुपर्नेमा जोड दिए ।
उनले आन्तरिक लोकतन्त्र कमजोर भए त्यसले भविष्यमा समस्या निम्त्याउन सक्ने बताए । राजनीतिक दलमा आउने समस्या देशकै लागि ठूलो असर पर्ने भएकाले सबैले जिम्मेवार भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
लामिछानेले रास्वपा अहिले परिवर्तनको चरणमा रहेको बताए । उनले पार्टीभित्र हुने नेतृत्व चयनमा स्वस्थ र स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने धारणा राखे ।
उनले भने, ‘स्वस्थ प्रतिस्पर्धाबाट हामी पार्टीलाई नयाँ उचाइमा पुर्याउन सक्छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया