काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक एक घण्टा पछाडि सारिएको छ ।
दिउँसो १ बजे बस्ने तय भएको बैठक अब दिउँसो २ बजे सुरु हुने पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका अनुसार बैठक चितवनको भरतपुरस्थित विक्रम मार्गमा रहेको दियालो फुडल्यान्डमा बस्नेछ ।
भोलिदेखि सुरु हुने रास्वपाको महाधिवेशनअघि बस्न लागेको यो अन्तिम केन्द्रीय समिति बैठक हो । महाधिवेशनको तयारी, संगठनात्मक व्यवस्थापन तथा समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया