काठमाडौं । प्रहरीले स्रोत नखुलेको २२ लाख रुपैयाँ नगद र क्रिप्टो मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४७ वर्षीय तारालाल विश्वकर्मा र ५० वर्षीय होमबहादुर केसी रहेका छन् । उनीहरूलाई काठमाडौंको लाजिम्पाटस्थित एक बारबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार उक्त स्थानमा क्रिप्टो मुद्रा (अभौतिक मुद्रा) कारोबार भइरहेको भन्ने सूचना पाएपछि दरबारमार्ग प्रहरी वृत्तको टोलीले छापा मारेको थियो ।
छापाका क्रममा विश्वकर्माको झोलाबाट स्रोत नखुलेको २२ लाख रुपैयाँ नगद, ४० अमेरिकी डलर र रकम नलेखिएको तर हस्ताक्षर गरिएको चार वटा चेक बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले विश्वकर्माले प्रयोग गरेको मोबाइल जाँच गर्दा वाइनान्स एपमार्फत करिब २,००० यूएसडीटी बराबरको क्रिप्टो कारोबार भएको देखिएको जनाएको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको छ । यसका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया