काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मोत्सवका अवसरमा असार २३ गते निर्मल निवासमा कार्यक्रम हुने भन्दै सार्वजनिक भएको विज्ञप्ति नक्कली भएको पाइएको छ ।
पूर्वराजाका संवाद सचिव फणिराज पाठकले उक्त विज्ञप्ति आफूले जारी नगरेको स्पष्ट पारेका हुन् ।
यसअघि पूर्वराजाको सचिवालयले जारी गर्ने शैलीमा विज्ञप्ति सार्वजनिक भएपछि विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए ।
नक्कली विज्ञप्तिमा असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारणका लागि खुला रहने र पूर्वराजाबाट शुभकामना तथा अभिवादन ग्रहण गर्ने कार्यक्रम रहेको उल्लेख गरिएको थियो ।
तर संवाद सचिवालयले त्यस्तो कुनै कार्यक्रम नरहेको स्पष्ट गर्दै सार्वजनिक भएको विज्ञप्तिप्रति भ्रममा नपर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया