अर्थ समितिको बैठक सिंहदरबारमा जारी

लोकपथ
28
Shares

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक मंगलबार सिंहदरबारमा जारी छ ।

सिंहदरबारस्थित समितिको सभा कक्षमा बिहान बसेको उक्त बैठकमा समितिको प्रश्तावित ‘मस्यौदा कार्यविधि’ माथि विस्तृत छलफल गरिएको छ ।

समितिको आन्तरिक कार्यप्रणाली र सञ्चालन प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्यले ल्याइएको उक्त मस्यौदामाथि सदस्यहरूले आ–आफ्नो धारणा राखेका छन् ।

बैठकमा सञ्चारकर्मीहरुलाई भने बैठकमा बस्न दिइएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?