काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफूले सामाजिक सञ्जालमा गरेको एक पोस्टलाई लिएर विभिन्न टिप्पणी हुन थालेपछि स्पष्टीकरण दिएका छन् ।
आइतबार साँझ उनले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँगको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ लेखेका थिए । उक्त पोस्टपछि मन्त्रिपरिषद्का अन्य सदस्यलाई बेवास्ता गरिएको वा हेपिएको भन्दै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका थिए ।
यसै विषयमा स्पष्ट पार्दै प्रधानमन्त्री शाहले आफ्नो पोस्टलाई गम्भीर राजनीतिक सन्देशका रूपमा नबुझ्न आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन। दुःख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु ।’
प्रधानमन्त्री शाहको उक्त प्रतिक्रिया सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनले आफ्नो पोस्टलाई हल्का रमाइलो र ठट्टाका रूपमा प्रस्तुत गर्न खोजेको संकेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया