बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट शालिकराम घिमिरे प्रदेश सभापतिमा विजयी भएका छन् ।
दाङको घोराहीस्थित सभागृहमा भएको निर्वाचनमा कुल ५४२ मत खसेको थियो । सभापति पदका उम्मेदवारमध्ये कसैले पनि आवश्यक ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः निर्वाचन हुने अवस्था बनेको थियो ।
तर दोस्रो स्थानमा रहेका गोपाल घिमिरेले शालिकराम घिमिरेलाई समर्थन गरेपछि उनी सभापतिमा निर्वाचित भएका हुन् ।
निर्वाचनमा शालिकरामले १९९ मत प्राप्त गरेका थिए भने गोपाल घिमिरेले ८७ मत पाएका थिए । यस्तै गणेश पौडेलले ८४, डा. राजकुमार सुवेदीले ८०, मञ्जु ज्ञवाली भुसालले ७१ र मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए ।
शालिकराम रास्वपाको स्थापनाकालदेखि नै पार्टीमा सक्रिय छन् । उनले प्रदेश सदस्य, कोषाध्यक्ष र उपसभापति लगायतका जिम्मेवारी सम्हालिसकेका छन् । अब उनी लुम्बिनी प्रदेश सभापतिको जिम्मेवारीमा पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया