रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, अच्युतम लामिछाने दुई मतले पराजित

लोकपथ
133
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी डा. अच्युतम लामिछानेलाई दुई मतको झिनो अन्तरले पराजित गर्दै नेतृत्व हात पारेका हुन् ।

मतगणनाको अन्तिम परिणामअनुसार अर्यालले ४१६ मत प्राप्त गरे भने लामिछानेले ४१४ मत ल्याएका थिए । दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको निर्वाचनमा अन्ततः अर्याल विजयी बनेका हुन् ।

रास्वपाको बागमती प्रदेश नेतृत्व चयनका लागि भएको निर्वाचनलाई पार्टीभित्र चासोका साथ हेरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?