काठमाडौं । मित्रराष्ट्र चीनको भ्रमणमा जान लागेका परराष्ट्रमन्त्री शिशिर खनालको भ्रमणबारे औपचारिक जानकारी गराइएको छ ।
चिनियाँ समकक्षी एवं चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जान लागेका हुन् ।
आगामी जेठ ३१ देखि असार असार ३ गते (१४ देखि १७ जुन २०२६) सम्म चीनको भ्रमणमा जान लागेका हुन् ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले द्विपक्षीय वार्ता र उच्चस्तरीय भेटघाटसहित समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन् ।
सो अवसरमा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी सहयोगलाई थप गहिरो बनाउने लगायतका पारस्परिक हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनले चीनका अन्य उच्चस्तरीय नेता तथा विशिष्ट व्यक्तित्वहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
चीन भ्रमणकै सिलसिलामा परराष्ट्रमन्त्री खनालले बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजना गरिने लगानी सम्मेलनमा सहभागिता जनाउने समेत बताइएको छ । नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त सम्मेलनमा उनले चिनियाँ व्यावसायिक समुदाय (बिजनेस कम्युनिटी) सँग विशेष अन्तरक्रिया गर्नेछन् ।
यसका साथै, बेइजिङस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी भई उनले त्यहाँ रहेका नेपाली समुदायसँग पनि भेटघाट तथा अन्तरक्रिया गर्नेछन् ।
परराष्ट्रमन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यतालिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया