रौतहटमा हवाई फायर गरी प्रहरीद्वारा ९० लाख बढीको फर्सीको बिउ बरामद

लोकपथ
56
Shares

काठमाडौं । रौतहट प्रहरीले सीमावर्ती क्षेत्रबाट ९० लाख भन्दा बढीको अवैध फर्सीको बिउ बरामद गरेको छ ।

बुधबार साँझ जिल्ला प्रहरी कार्यालय रौतहत र मातहतको प्रहरी टोली तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणमा फर्सीको बिउ बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डीएसपी बसन्त गौतमका अनुसार ३२२ बोरामा रहेको १२ हजार ८८० केजी फर्सीको बिउ बरामद गरिएको हो । जसको प्रतिबोरा मूल्य २८ हजारले गणना गर्दा कुल ९० लाख १६ हजार रुपैयाँ पर्न आउने डीएसपी गौतमले बताए ।

उक्त फर्सीको बिउ बरामद गर्ने क्रममा स्थानीयले प्रहरीमाथि अवरोध र ढुंगामुढा समेत गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजाल बताउँछन् ।

रिजालका अनुसार सो क्रममा प्रहरीले शान्ति सुरक्षाका लागि ६ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । दुई पक्षीय विवाद हुँदा ३ जना स्थानीय र तीन जना प्रहरी गरी ६ जना सामान्य घाइते भएका छन् ।

उक्त फर्सीको बिउ बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?