दरबार हत्याकाण्डबारे थप अनुसन्धान अघि बढाउने गृहमन्त्रीको घोषणा

लोकपथ
161
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ २०५८ सालमा भएको नारायणहिटी दरबार हत्याकाण्डबारे थप अनुसन्धान अघि बढाउने घोषणा गरेका छन् ।

मंगलबार साँझ पदभार ग्रहण गर्दै गृहमन्त्री गुरुङले सो घोषणा गरेका हुन् ।

‘२०५८ साल जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्ड यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अघि बढाउने,’ गृहमन्त्री गुरुङले भने ।

त्यस्तै आफूमाथि लागेको जस्तोसुकै आरोप पनि थेग्न सक्ने तर नेपाली चेलीहरुलाई दुख दिएको आफूले सहन नसक्ने बताए ।

‘गृहमन्त्री सुधन गुरुङले पदभार सम्हाल्दै आफुमाथि जस्तोसुकै आरोप लगाएपनि थेग्न सक्ने तर नेपाली चेलीहरुलाई दुख दिएको सहन नसक्ने बताउनुभयो । आफुमाथी तथ्य बिनै आरोप लगाएको बताउनुभयो,’ गृहमन्त्रीको सचिवालयले भनेको छ ।

त्यस्तै उनले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई थप बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाइ हरेक फाइल खोल्ने समेत बताए ।

*यसअघि केही त्रुटीभएकाले सच्याएका छौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?