छलफलमा जुटे विपक्षी दलहरु

लोकपथ
84
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरु छलफलमा जुटेका छन् ।

मंगलबार दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरु छलफलमा जुटेका हुन् ।

बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलसहित कांग्रेससहित अन्य दलका सचेतक र प्रमुख सचेतक रहेका छन् ।

तर विपक्षी दल श्रम संस्कृति पार्टीबाट कोही पनि उक्त बैठकमा उपस्थित छैनन् ।

प्रतिनिधि सभा बैठक निरन्तर अवरोध हुन थालेपछि त्यसबारे थप रणनीति बनाउन विपक्षी दलहरु जुटेका हुन् । प्रधानमन्त्रीको सीमासम्बन्धी विवादित अभिव्यक्ति, आर्थिक विधेयकमा करका दर हेरफेर लगायतका विरुद्धमा विपक्षीहरुले संसदमा आवाज उठाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?