काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुले संसदमा मौनधारण गरेका छन् ।
कांग्रेसको अगुवाइमा अन्य विपक्षी दलहरुले जेनजी शहीद लगायत विभिन्न समयमा ज्यान आहुती दिने शहीदहरुको सम्झनामा मौनधारण गरेका हुन् ।
नेपाली कांग्रेसका सचेतक निश्कल राईले शहीदहरुको सम्झनामा ५ मिनेट मौन धारण गर्ने जानकारी गराएका थिए । त्यससँगै अन्य विपक्षी दलहरु समेत उठेर साथ दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया