काठमाडौं । ईश्वरी भुजेल हत्या प्रकरणमा हालसम्म ४ जना पक्राउ परेका छन् ।
शुक्रबार राति ईश्वरीको हत्या गरेको आरोपमा उनकै श्रीमान ‘नेपाली ब्रो’ भनिने कुमार थापामगर पक्राउ गरेका थिए । उक्त प्रकरणमा अन्य तीन जनालाई समेत प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार राति कुमारले तारकेश्वर नगरपालिका–६ पैयाँटारस्थित आफ्नै घरमा श्रीमती ईश्वरी भुर्तेलको हत्या गरेका थिए । कुमारलाई तत्काल प्रहरी बृत्त बालाजुले पक्राउ गरेको थियो ।
उक्त घटनामा जोडिएका अन्य थप ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा नुवाकोट तारकेश्वर गाउँपालिका–४ का विक्रम थापामगर, काठमाडौं महानगरपालिका–१६ का पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका–१ घर भइ काठमाडौं गोकर्णेश्वर बस्ने २५ वर्षीय प्रतिक्षा आचार्य रहेकी छन् ।
घरायसी विवादका कारण कुमारले आफ्नी श्रीमतीलाई रड तथा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । तत्काल उनलाई तारकेश्वर सिटी अस्पताल पुर्याइएको थियो भने थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।
पीडितका आफन्तहरुले कुमारसहित घटनामा संलग्नहरुलाई कडा कारबाहीको मागसहित प्रहरी बृत्त बालाजुमा धर्ना दिइरहेका छन् । कुमारकी श्रीमती ईश्वरी भुर्तेलका माइती पक्षले प्रहरीमा दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु चारै जनालाई ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएइको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया