काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अबको समय साहित्यिक सिर्जनामा समर्पित गर्ने बताएकी छन् ।
ललितपुरमा आयोजित ‘काठमाडौं कलिङ्ग साहित्य महोत्सव’लाई सम्बोधन गर्दै उनले आफूलाई केवल पूर्वप्रधानन्यायाधीश वा पूर्वप्रधानमन्त्रीका रूपमा मात्र नभई एक साहित्य अनुरागीका रूपमा पनि बुझिदिन आग्रह गरिन् ।
कार्कीले न्यायपालिका र कार्यपालिकामा आफूले निर्वाह गरेको भूमिका बाध्यता र कर्तव्यको परिणाम भएको उल्लेख गर्दै साहित्य भने आफ्नो अन्तर्मनको गहिरो रुचि भएको स्पष्ट पारिन् ।
आफ्नो साहित्यिक यात्राको स्मरण गर्दै उनले सन् १९९० को जनआन्दोलनका क्रममा जेल जीवन बिताउँदाको अनुभव सुनाइन् । दुई महिनाको जेल बसाइमा महिला बन्दीहरूको पीडा र भोगाइ नजिकबाट देखेपछि आफूले ‘कारा’ नामक उपन्यास लेखेको उनले बताइन् । उक्त उपन्यास सेवा निवृत्त भएपछि मात्र प्रकाशनमा ल्याइएको पनि उनले जानकारी दिइन् ।
उनका अनुसार अझै पनि धेरै कथा र उपन्यासका अवधारणा तथा आधा लेखिएका पाण्डुलिपिहरू तयार छन्, जसलाई क्रमशः प्रकाशनमा ल्याउने योजना छ ।
कार्यक्रममा नेपाल र भारतका ख्यातिप्राप्त कवि तथा लेखकहरूको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया