तारकेश्वरमा रड प्रहारबाट श्रीमतीको हत्या, ‘नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउ

लोकपथ
140
Shares

काठमाडौं । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटार बस्ने ‘नेपाली ब्रो’ भनिने ४२ वर्षीय कुमार थापा रहेका छन् ।

उनमाथि आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेको आरोप छ ।

प्रहरीका अनुसार शुक्रबार राति करिब १०ः१० बजे भएको घटनामा रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

घटनापछि थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?