काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र राप्रपा छाडेका डा. धवलशमशेर राणाबिच नयाँ पार्टी निर्माण गरी अघि बढ्ने सहमति भएको छ ।
बिहीबार मात्रै राप्रपा परित्याग गरी नयाँ शक्ति निर्माण गर्ने घोषणा गरेका राणाले आजै प्रसाईँसँग मिलेर अघि बढ्ने सम्झौता गरेका हुन् ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईँ र राप्रपा छाडेर आएको राणाबिच ११ बुँदे सहमति भएको हो ।
जसमा बौद्ध किराँतसहितको सनातन हिन्दू अधिराज्य निर्माणदेखि पृथ्वीनारायण शाहको दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शन निर्माण गर्ने सहमति भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया