परराष्ट्रमन्त्रीलाई प्रश्न– ‘भारतसँग सीमाको विषयमा कुरा उठाउनुहुन्छ कि हुँदैन ?’

लोकपथ
63
Shares
फाइल तस्बिर

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल मित्र राष्ट्र भारत प्रस्थान गरेका छन् ।

शुक्रबार दिउँसो परराष्ट्रमन्त्री खनाल भारत प्रस्थान गरेका हुन् ।

उनले विमानस्थलमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै आफू अहिलेको प्राथमिकताका विषयमा कुराकानी गर्ने बताए ।

‘लामो समयपछि उच्चस्तरीय औपचारिक दुई पक्षीय भ्रमण हुँदैछ । मुल रुपमा नयाँ सरकार बनिसकेपछि हाम्रा प्राथमिकताका विषयमा हामी संवाद गर्छौँ,’ उनले भने ।

त्यसो रास्वपा सभापति रवि लामिछानेसहितको टोली भारतमा नै रहेका छन् । केही दिनदेखि लामिछानेसहितको प्रतिनिधिमण्डलको टोली भारतमै रहेका बेला परराष्ट्रमन्त्री खनाल पुनः भारत भ्रमणमा जान लागेका हुन् । अहिले नेपाल–भारत सीमाका विषयमा कुरा उठिरहेका बेला सत्तारुढ दलका सभापति र सरकारका प्रतिनिधि भ्रमणमा जानुलाई चासोका साथ हेरिएको छ ।

विमानस्थलमा ‘सीमाको विषयमा हजुरले कुरा उठाउनु हुन्छ कि हुँदैन ?’ भन्ने पत्रकारको प्रश्नमा खनालले आफूले त्यस विषयमा नबोल्ने बताए ।
‘यस विषयमा म अहिले बोलिन्, पक्कै पनि हाम्रा प्राथमिकताका विषयहरुमा हामी संवाद गर्छौँ । नयाँ सरकार आएको छ । यसमा अहिले उठेका सबै खाले विषयमा हामी संवाद गर्नेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?