मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ, हातमा सामान्य चोट

लोकपथ
189
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन् । उदयपुरको बेलकामा आयोजित कार्यक्रममा सहभागी हुन कटारीबाट जाँदै गर्दा बाटोमै उनी दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा साम्पाङको हातमा सामान्य चोट लागेको भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले जानकारी दिए ।

किराँतीले सामाजिक सञ्जालमार्फत अध्यक्ष साम्पाङ दुर्घटनामा परेको खबरले पार्टी पंक्ति र शुभेच्छुकहरू चिन्तित बनेको उल्लेख गर्दै सामान्य चोटपटक मात्र भएकाले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन् । उनले साम्पाङ दैनिक गतिविधिमा सक्रिय रहेको समेत जानकारी दिएका छन् ।

उनले आम कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूलाई धेरै चिन्ता नगर्न आग्रह गर्दै अध्यक्ष साम्पाङको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?