राप्रपाको घर झगडा सतहमा, राणा भन्छन्– ‘लिङ्देनको शब्दजालमा नफसौँ’

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको घरझगडा सतहमा आएको छ । केही दिनअघि महामन्त्री रहेका धवलशमशेर राणाले पार्टी परित्याग गरी नयाँ अभियान चलाउने घोषणा गरेका थिए ।

अध्यक्ष राजेन्द्र लिङ्देनका कारण पार्टी कमजोर भएको भन्दै गत निर्वाचनपछि चौतर्फी आलोचना भइरहेको छ ।

राणाले पार्टी छाडेपछि मंगलबार विज्ञप्ति जारी गर्दै अध्यक्ष लिङ्देनले आफ्नो निर्णय फिर्ता लिन र सबै राप्रपामा आस्था राख्नेहरुलाई एकतावद्ध हुन आह्वान गरे । तर बुधबार त्यसलाई काउन्टर दिँदै राणाले लिङ्देनकै कारण गत निर्वाचनमा पार्टीले आफ्नो शाख गुमाउन पुगेको आरोप लगाए ।

‘…नेतृत्वको यस्तै शैली र प्रवृत्तिकाकारण गत चुनावमा पार्टीले आफ्नो शाख गुमाउन मात्र पुगेन हाम्रा वैचारिक मूल्यमान्यता तथा सैद्धान्तिक आधार समेत धरापमा पार्ने तथा पार्टी नजताबाट तिरष्कृत हुने अवस्थामा पुग्यो । जसका कारण सयौँ पार्टीका साथीहरु पार्टी छोडेर अन्यत्र जाने साथै मक्किएको घरमा अलपत्र पर्न थाले,’ उनले भने ।

यसैगरी अध्यक्ष लिङ्देनले भ्रमपूर्ण विज्ञप्ति निकालेको भन्दै आफूले चलाउने अभियानमा जोडिन समेत आग्रह गरेका छन् ।
‘…विज्ञप्तिको भ्रममा नपरी अब सम्पूर्ण राष्ट्रवादी मन तथा शक्तिहरुको आपसी मेल र एकताबाट नयाँ राष्ट्रवादी शक्तिको निर्माण अभियानमा जुट्न सम्पूर्ण राष्ट्रवावदी समूह, पार्टी शक्ति, अभियान तथा व्यक्ति महानुभावहरुमा हार्दिक अपिल गर्दछु । अध्यक्षको भ्रमपूर्ण विज्ञप्तिको शब्दजालमा नपरी आउनुहोस् निस्वार्थ भावले एक प्रजातान्त्रिक र लक्षमा पुग्ने बाटो निर्माण गरौँ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?