काठमाडौं । प्रतिनिधि सभा बैठक सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) ले पेलेरै अघि बढेका छन् ।
प्रतिनिधि सभा बैठकमा विपक्षीहरुले विरोध जनाइरहेका छन् ।
प्रतिनिधि सभा नियमावलीमा संशोधन राखेका सांसदहरुको प्रस्तावहरु निर्णयार्थ प्रस्तुत भइरहेको छ । तर विपक्षीहरुले विरोध जनारहँदा मर्यादापालकबाट छेकिएर सभामुख अर्यालले संसद बैठक सञ्चालन गरिरहेका छन् ।
यसअघि विपक्षी दलहरुले विरोध जनाएपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो । तर पुनः बैठक सुरु भएसँगै विपक्षी दलहरुले विरोध जनाए ।
सभामुख अर्याल बैठक हलमा प्रवेश गर्ने बित्तिकै विपक्षी दलका सांसदहरुले सभामुखको आशनमै धक्का दिएका थिए । तर मर्यादा पालकहरुको सुरक्षा घेरामा बसेर सभामुखले बैठक अघि बढाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया