अध्यागमनले भन्यो : ‘श्रम स्वीकृति जारी भइसकेपछि मात्रै विमानस्थल आउनु, नभए प्रस्थान अनुमति दिन सकिँदैन’

लोकपथ
70
Shares

काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति भएपछि मात्रै वैदेशिक रोजगारीको यात्रा गर्न औपचारिक अनुरोध गरेको छ । विभागले श्रमिक भिसामा रहेका कतिपय नेपालीले श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागमा आवेदन मात्र गरी स्वीकृति नहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा प्रस्थानका लागि आउने गरेको भन्दै यस्तो अनुरोध गरेको हो ।

विभागले प्रेस विज्ञप्ति जारी गर्दै आवेदन मात्रै दिएर स्वीकृति नहुँदै विमानस्थल आउँदा श्रमिकहरूलाई मर्का पर्ने गरेको भन्दै श्रम स्वीकृति जारी भइसकेपछि मात्रै आउनु अनुरोध गरेको हो ।

श्रम अनुमति आवेदन मात्र भएको तर स्वीकृति नभएको अवस्थामा श्रमिक भिसामा अध्यागमनबाट प्रस्थान अनुमति दिन नसकिने समेत अध्यागमनले प्रस्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?