काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।
निमोनियाको संक्रमण भएपछि उनलाई काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
स्वास्थ्यमा समस्या देखिएकै कारण प्रचण्ड शुक्रबार गणतन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित औपचारिक कार्यक्रममा समेत सहभागी हुन सकेका थिएनन्।
हाल अस्पतालमा उनको उपचार भइरहेको छ भने चिकित्सकहरूको निगरानीमा स्वास्थ्य अवस्थाको मूल्यांकन भइरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया