काठमाडौं । सरकारले महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर खण्डको ट्रयाक खोल्ने कार्यलाई आगामी आर्थिक वर्षमा विशेष प्राथमिकतामा राखेको छ ।
शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त खण्डको निर्माण कार्यलाई तीव्रता दिइने बताएका हुन् ।
सरकारले मेची, अरुण, तमोर, भेरी र सेती करिडोरसँगै फुटिया–दिपायल सडकको स्तरोन्नति कार्यलाई समेत अघि बढाउने जनाएको छ । त्यस्तै, काठमाडौं चक्रपथ विस्तारअन्तर्गत बाँकी रहेका कामलाई पनि तीव्रता दिइने बजेटमा उल्लेख गरिएको छ ।
अर्थमन्त्री वाग्लेले देशका विभिन्न रणनीतिक सडक तथा पूर्वाधार आयोजनालाई प्राथमिकतामा राख्दै सुरुङ मार्ग निर्माणको कामलाई समेत गति दिइने बताएका छन् ।
बजेट प्रस्तुत गर्दै उनले भने, ‘महाकाली करिडोरको दार्चुला–टिङ्कर खण्डको ट्रयाक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको छु । मेची, अरुण, तमोर, भेरी, सेती करिडोर र फुटिया–दिपायल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ । काठमाडौं चक्रपथ विस्तार अन्तर्गत बाँकी रहेका काम अघि बढाइनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया