‘बालेन कलाकार पनि हुन्, बरु पैसा तिरेर संसद ल्याऔँ’

लोकपथ
49
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ निरन्तर संसदमा गयल हुन थालेपछि सांसदहरुले व्यंग्य गर्न थालेका छन् ।

मंगलबारको बैठकमा पनि प्रधानमन्त्री सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन नआएको भन्दै अवरोध भयो । १५ मिनेटका लागि बोलाइएको बैठक १ घण्टा भन्दा बढी समयपछि बस्यो । दोस्रो बैठकमा बोल्दै विपक्षी दल श्रम संस्कृती पार्टीका सांसद ध्रुवराज राईले आफूहरुले प्रधानमन्त्रीका अघि जनताका समस्याहरु राख्न चाहेको बताए ।

उनले प्रधानमन्त्री बालेनप्रति व्यंग्य गर्दै ‘बालेन कलारकार पनि भएका कारण बरु पैसा तिरेरै संसदमा ल्याऔँ’ भन्दै व्यंग्य गरे ।

‘हामीले हाम्रा जनताका आवाजहरु हाम्रा प्रधानमन्त्रीको बिचमा लैजान पाउँ । कम्तिमा के चिज रहेछ तिरौँ न, उहाँ त कलाकार मान्छे पनि हो, सायदै पैसामा हिजोतिर हिँड्ने बानी भएर पो हो कि ! यदी होइन भने देश र जनताप्रति उत्तरदायी हुनुपर्छ । एउटा सांसदलाई रुलिङ हुँदा प्रधानमन्त्री वा सरकारलाई रुलिङ हुनुपर्छ,’ उनले भने ।

त्यस्तै सत्तापक्षलाई प्रतिपक्ष र प्रतिपक्षलाई सत्तापक्ष सिस्टममा नहिडिरहेको भान भइरहेको समेत बताए । सभामुखको तर्फबाट विपक्षी दलका सांसदहरु स्टिममा हिँडिनरहेको लाग्ने गरेको तर आफूहरुलाई पनि सभामुखमाथि सोही शंका लागेको आरोप लगाए ।

‘हामी सिस्टममा हिँडिरहेका छैनौँ । सम्माननीय सभामुख महोदय हजुरलाई लाग्ने कताकता हामी सिस्टममा हिँडिरहेका छैनौँ । हामीलाई पनि कताकता शंका लागिरहेको छ कि अहिलेको सत्ता र सरकारलाई कसैले सहयोग गरेको छ भने हामीले पनि होला,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?