सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई ध्यानाकर्षण गराएका छन् ।
कर्णाली प्रदेशको हुम्ला र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाबीच लाम्पाटा च्याचौर क्षेत्रमा देखिएको सीमा विवादबारे मुख्यमन्त्री कडेलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
मुख्यमन्त्री कडेलले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लिखित पत्र पठाउँदै पछिल्लो केही दिनयता उक्त विवादका कारण स्थानीय समुदायबीच तनाव बढेको तथा शान्ति–सुरक्षा प्रभावित भएको बताएका छन् ।
स्थानीय स्तरमा देखिएको विवाद चर्किँदै गएपछि प्रदेश सरकारले संघीय सरकारलाई समन्वयात्मक र प्रभावकारी कदम चाल्न अनुरोध गरेको हो ।
पत्रमा उनले सम्भावित थप क्षति रोक्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।
साथै, दीर्घकालीन समाधानका लागि संघीय सरकारले तुरुन्त पहल गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया