सामाजिक सञ्जालमा फैलिएको कार्की प्रकरणबारे सत्यतथ्य छानबिन हुनुपर्छ : आशिका तामाङ

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सासंद आशिका तामाङले सांसद कृष्णकुमार कार्की माथि उठेको विवादबारे निष्पक्ष अनुसन्धान गर्न माग गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सत्यको पक्षमा उभिन सबैले पार्टीभन्दा माथि उठ्नुपर्ने बताएकी हुन् ।

तामाङले महिलाको अस्मिता र मातृत्वको संवेदनशील विषयलाई जोड दिँदै लेखेकी छन्, ‘महिला चाहे त्यो स्वदेशी होस् कि विदेशी होस्, आखिर यो धर्तीको आमा हुन् । देखेका सबै कुरा सत्य नहुन पनि सक्छन्, तर सत्य जसरी बाहिर छरपष्ट आइरहेका कुराहरूको अनुसन्धान भने पक्कै हुनुपर्छ ।’

‘पार्टीभन्दा ठूलो देश र देशभन्दा ठूलो यो संसार हो। यहाँ कसैलाई अन्याय हुनुहुँदैन। यदि कसैले अन्याय गर्छ भने चाहे त्यो आफ्नै घरको सदस्य नै किन नहोस्, हामीले गलतलाई गलत भन्न छोड्नु हुँदैन ।,‘उनले भनिन्

पछिल्लो समय एक नाइजेरियन युवतीले सांसद कार्कीसँग आफ्नो सम्बन्ध रहेको तथा आफू गर्भवती भएपछि बेवास्ता गरिएको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडियो र केही प्रमाण सार्वजनिक गरेकी छन् । उक्त विषय सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?