डा. मनोजकुमार शर्माले केहीबेरमा प्रधानन्यायाधीशको शपथ र आजै पदभार ग्रहण गर्ने

लोकपथ
301
Shares

काठमाडौं । संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएका डा. मनोजकुमार शर्माले आजै शपथग्रहण र पदभार ग्रहण गर्ने भएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शर्माले शपथग्रहण गर्नेछन् ।

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शर्माले प्रधानन्यायाधीशको शपथग्रहण गरेपछि आजै सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्नेछन् ।

संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । वरिष्ठतालाई मिचेर सरकारले प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै सरकारको आलोचना समेत भएको थियो ।

आज बसेको संसदीय सुनुवाई समितिको बैठकले शर्माको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?