हेटौँडा । बागमती प्रदेशसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको ४५औँ बैठक हेटौँडामा सम्पन्न भएको छ ।
बैठकले यसअघि दिइएका निर्देशन, सुझाव तथा निर्णयहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै सम्बन्धित मन्त्रालय तथा मातहतका निकायलाई सात दिनभित्र प्रगति विवरण पेस गर्न निर्देशन दिएको छ ।
समितिले निर्देशन कार्यान्वयनमा देखिएका बाधा, व्यवधान तथा समस्याबारे स्पष्ट कारणसहित समाधानका उपाय र हालसम्म गरिएका प्रयाससमेत समेटेर विवरण पेस गर्न निर्देशन दिनएको हो ।
त्यस्तै, मन्त्रालय र अन्तर्गतका निकायबाट सञ्चालन भइरहेका प्रमुख आयोजना, परियोजना तथा कार्यक्रमहरूको वर्तमान अवस्था, विनियोजित तथा खर्च भएको लगानी, सम्पन्नता स्थिति र प्राप्त प्रतिफलको विस्तृत विवरण पनि सात दिनभित्र उपलब्ध गराउन समितिले निर्देशन दिएको छ ।
समितिका सचिव प्रकाश चापागाईंका अनुसार, तथ्यमा आधारित उत्तरदायित्व, सेवा प्रवाहमा सुधार, उपलब्धिको मापन, दिगोपनाको परीक्षण तथा सुशासन र पारदर्शिता अभिवृद्धि हुने गरी अनुगमन प्रणालीलाई व्यवस्थित बनाउन सचिवालयलाई आवश्यक सहजीकरण गर्न पनि निर्देशन दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया