काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार गति र बेगको नाममा लहडमा लाग्न नहुने बताएका छन् ।
गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले सरकार सञ्चालनमा जिम्मेवारी, सुशासन र संविधानको संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
थापाले राज्यले निजी क्षेत्रसँग गरेको व्यवहारका कारण भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए । उनले सरकारको आलोचना मात्र नभई सकारात्मक कामको समर्थन गर्नुपर्ने धारणा राखे ।
उनले भने, ‘हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ । रास्वपाले पाँच वर्ष सरकार चलाउने अवसर पाएको छ, चलाओस्, तर सरकार सही ढंगले चल्नुपर्छ । संविधानलाई तलमाथि हुन नदिने तागत राख्नुपर्छ ।
उनले निर्वाचनअघि कांग्रेसले सरकार सञ्चालनको अवसर पाए तीव्र गतिमा काम गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै सुशासनका लागि पुरानै शैली र गतिले मात्रै नपुग्ने बताए ।
थापाले सरकार सञ्चालनमा गति आवश्यक भए पनि त्यो जिम्मेवारीपूर्ण र परिणाममुखी हुनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया