विद्यार्थी संगठन हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश

लोकपथ
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको छ ।

वर्तमान सरकारले विद्यार्थी संगठनहरु खारेज गर्ने भनी गरेको निर्णयविरुद्ध आठ विद्यार्थी संगठनले संयुक्तरुपमा सर्वोच्च अदालतमा रिट दायर गरेकोमा सर्वोच्चले खारेज नगर्न अल्पकालीन आदेश दिएको हो । 

सोमबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सो आदेश दिएको हो । यससँगै सर्वोच्चले अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?