काठमाडौं । सर्वोच्च अदालतले हालै सरकारद्वारा नियुक्त गरिएका महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा देखाऊ आदेश जारी गरेको छ ।
बिहीबार उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश जारी गरेको हो।
कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर भएको थियो ।
अधिवक्ता दीपकराज जोशी, माधव बस्नेत, सिराज बरालसहितले रिट दायर गरेका थिए ।
कँडेलको योग्यता, संवैधानिक र कानुनी प्रश्न उठाएर बुधबार उनीविरुद्ध तीनवटा रिट निवेदन दर्ता भएको थियो ।
सरकारको कानुनी सल्लाहकार जस्तो व्यक्तिको नियुक्ति नै अयोग्य रहेको भन्दै नियुक्ति बदरको माग गरिएको थियो ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले गत चैत २२ गते कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया