रविको सांसद पद निलम्बनको माग गरिएको रिट दरपीठ

लोकपथ
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट दायर गर्न अस्वीकार गरिदिएको छ ।

मंगलबार सर्वोच्चले रविको सांसद पद निलम्बन गर्नुपर्ने मागसहित गरेको रिट दायर गर्न अस्वीकार (दरपीठ) गरिदिएको हो ।

अधिवक्ता आयुष बडाल लगायतले सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन रहेको र सांसद पदमा बहाल रहन नपाउने भन्दै सर्वोच्चमा रिट निवेदन लिएर पुगेका थिए ।

तर उक्त निवेदन होल्डमा राखिएकोमा सर्वोच्च अदालतले उक्त रिट दरपीठ गरिदिएको हो ।

अधिवक्ता बडाललगायतले सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन भएको अवस्थामा सार्वजनिक पदमा रहेका लामिछाने स्वतः निलम्बनको अवस्थामा रहने भएकाले उनलाई सांसदको रुपमा कामकाज गर्न दिन नहुने आदेशको माग राखेर निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?