स्रोत नखुलेको २० लाख रुपैयाँभन्दा बढी रकमसहित एक जना सशस्त्रको नियन्त्रणमा

लोकपथ
182
Shares

काठमाडौं । सशस्त्र प्रहरीले पर्साबाट स्रोत नखुलेको २० लाख रुपैयाँभन्दा बढी रकमसहित एक व्यक्तिलाई  नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार, वीरगन्ज महानगरपालिका–१६ भन्सार मेनगेटबाट सीमा सुरक्षा गुल्म वीरगन्जले सोही महानगरपालिका–१७ बस्ने ५० वर्षीय विनयशंकर साहलाई नियन्त्रणमा लिएको हो । 

भारतबाट बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलको सिट कभरभित्र प्लास्टिकमा प्याक गरेर ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नगदसहित नियन्त्रणमा लिइएको हो । 

निजको साथबाट नेपाली रुपैयाँ २० लाख २ हजार ५० र भारतीय ६ सय रुपैयाँसमेत बरामद भएको छ । नियन्त्रणमा लिइएका व्यक्तिलाई सामान र नगदसहित भन्सार कार्यालय वीरगन्जमा बुझाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?